सर्लाही, २४ भदाै । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो ।
