अमरेशको आक्रोश- सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिराछ

Byसदाम हुसैन

२०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार

सर्लाही, २५ भदौ । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई चर्को आक्रोश पोखे ।

उनले भने, संविधान अनुसार सरकार चलिरहेको छैन । हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ । चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ । सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ ।

उनले प्रधानमन्त्री सांसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

उनले भने, हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन ।

उनले प्रधानमन्त्री सल्लाहकारमा केन्द्रित भएको भन्दै आक्रोश पोखे ।

उनले थपे, ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला । सरकारका केन्द्र मैले सिंहदरबार हुन्छ मैले बुझेको छु । तर सरकारका केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिराछ ।’

उनले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर राति एक बजे बोलाएर कन्चटमा पेस्तोल भिराएको आरोप लगाए ।

उनले थपे, ‘म त्यो घटनाको पनि चर्चा गर्न चाहन्न, कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ। गौरीकुमारी यादवले रातमा प्रहरी परिचालन गरेको थियो, त्यही दिनमा राजीनामा दिनुपर्थ्यो ।

प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीका अधिकार हुन्छ जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्नुहुन्छ उहाँले चित्त बुझेन भने।सबै अधिकार प्रधानमन्त्रीमा हुन्छ । तर प्रधानमन्त्री वा सचिवालयले मन्त्रीलाई पक्राउ गर्न पठाउँछन् ।’

प्रधानमन्त्रीको सचिवालयको केही व्यक्तिहरूको कुरा सुन्दा आफैँ झसङ्ग हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *