उपत्यकामा जुनसुकै सिलिन्डर साटेर उही मूल्यमा ग्यास किन्न पाइने

Byसदाम हुसैन

२०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार

सर्लाही, २५ भदाै । सरकारले काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुने गरी एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग उही मूल्यमा साटासाट गर्न मिल्ने व्यवस्था मिलाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । 

उद्योगमन्त्री गौरीकुमार यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी, एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउन निगमलाई निर्देशन दिएकी हुन् । 

भदौ १० को भोटेकोसी बाढीपछि सडक सञ्जालमा पुगेका क्षतिका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको हाहाकार छ ।

जसका कारण उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निगमला उक्त व्यवस्था मिलाउन यादवले निर्देशन दिएकी छन् । 

मन्त्रालयले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्ने जिकिर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *