सर्लाही, २७ भदाै । भदौ १० गते आएको बाढीका कारण जलविद्युत् आयोजना कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता छन् ।
११ वटा जलविद्युत् आयोजनाबाट कार्यरत रहेकामध्ये ९०९ जना अझै सम्पर्कबाहिर रहेका हुन् । हराएकामध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका छन् ।
रसुवामा रहेका जलविद्युत् आयोजनाबाट ६६८ जना बेपत्ता रहेका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
जसमध्ये माथिल्लो त्रिशूली १ मा ५३८, रसुवागढीमा ९३, रसुवा भोटेकोशीमा ३, लाङटाङ खोलामा ३९, चिमिमेमा ६, मैलुङमा ५ जना बेपत्ता छन् । यो तथ्यांक शुक्रबारसम्मको हो ।
यसैगरी त्रिशूलीमा ३, देविघाटमा १, माथिल्लो त्रिशूली थ्रिएमा ३९, माथिल्लो त्रिशूली ३बीमा २७८, मिडल त्रिशूलीगंगामा २ गरी २२३ जना बेपत्ता छन् ।
