सुरुङमा फसेकाहरुको सकुशल उद्धार हुने आशामा खोजी काम चल्दै

Byसदाम हुसैन

२०८३ भाद्र २७, शनिवार २०८३ भाद्र २७, शनिवार २०८३ भाद्र २७, शनिवार

सर्लाही, २७ भदाै । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भैरहेको छ ।

नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग बनाइएको छ ।

सुरुङसम्म बाटो बनेसँगै एक्जाभेटर र लोडरको सहयोगमा सुरुङभित्रको ढुंगामाटो र हिलो फाल्न थालिएको सेनाले जनाएको छ ।

आज या भोलिसम्म सुरुङ छिचोलिने अपेक्षा गरिएको छ । लाङटाङ जलविद्युत् आयोजनामा पनि सेनाको टोली सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ ।

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको ‘सुरुङमा खोज तथा उद्धारको काम भैरहेको र सुरुङको दुई सय मिटर आसपासको क्षेत्रमा ड्रोनमार्फत रेकी गर्दा केही फेला नपरेको सेनाले जनाएको छ ।

त्रिशूली ३ ‘ए’को विद्युत गृह र सुरुङ क्षेत्रमा खोजी काम भैरहेको छ । यसमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशीसहितको संयुक्त टोली खोज तथा उद्धारमा जुटिरहेको छ । त्यस्तै, त्रिशूली ३ ‘बी’मा पनि खोज तथा उद्धार काम भइरहेको सेनाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *