अब सरकार ‘ड्रोन’ प्रविधिबाट आगलागी नियन्त्रण गर्नेतर्फ लाग्छ

Byसदाम हुसैन

२०८३ भाद्र ३१, बुधवार २०८३ भाद्र ३१, बुधवार २०८३ भाद्र ३१, बुधवार

सर्लाही, ३१ भदाै । गृहमन्त्री सुधन गुरुङले जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गरेका छन् ।

गएराति भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुगेका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका छन् । 

गुरुङले आगलागी भएमा अग्नि नियन्त्रणका लागि ‘ड्रोन’ प्रविधि आइसकेको बताउँदै त्यसतर्फ पनि सरकारले ध्यान दिने बताए । उनले दमकलको अवस्थाका बारेमा चासो लिनुका साथै समस्या समाधानका लागि आफू लाग्ने पनि जानकारी दिए । 

कार्यालयका प्रमुख धौभडेलले बेल्जियमको समूहले अग्नि नियन्त्रकलाई तालिम दिने गरेको जानकारी गराए । उनले दुईवटा ड्रोन ल्याउन सके अग्लो ठाउँमा लाग्ने आगो नियन्त्रणका लागि सहज हुने बताए ।

यस वर्ष सरकारले प्रविधि एवं उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ । पुराना दमकलको सङ्ग्रहालय निर्माण गर्न र कर्मचारीको समस्या समाधानमा चासो दिन उनले आग्रह गरे ।

गृहमन्त्री गुरुङ दमकलको अवलोकनपछि राति नै नवदुर्गा मन्दिर पुगेका थिए। त्यहाँ उनले दसैँको नवमीका दिन राति बलि दिने खमेय (राँगो) का बारेमा जानकारी लिएका छन् ।

नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा एवम् पर्व सञ्चालनका लागि सरकारले चासो दिनुपर्ने बताए ।

गुरुङले कमलविनायक बजार र कमलपोखरीको पनि अवलोकन गरे। सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्थाका बारेमा उनलाई जानकारी गराएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *