सर्लाही, १ असाेज । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७:३५ बजेको उडानबाट काठमाडौँ हुँदै नयाँदिल्ली गएका हुन् ।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ ।
यस्तो छ भ्रमण कार्यतालिका
- विहिबार साँझ ५:०० बजे: भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।
- शुक्रबार बिहान: पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता ।
- शुक्रबार साँझ ५:०० बजे: भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता ।
- शुक्रबार साँझ ७:३० बजे: भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागिता ।
- शनिबार बिहान ९:३० बजे: भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने औद्योगिक सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता ।
- शनिबार बिहान ११:३० बजे: दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता ।
- शनिबार साँझ ४:०० बजे: स्वदेश फिर्ता ।
उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन् ।
