काठमाडौं, ०६ असोज । जापान भारतविरुद्ध ऐतिहासिक जितबाट चुकेको छ । टी–२० खेलमा भारतले दिएको ३३ रनको लक्ष्य पछ्याउन नसक्दा जापान पराजित भएको हो ।
५ ओभरको खेलमा भारतले ४ विकेट क्षतिमा ३२ रन बनाएको थियो । जवाफमा ३३ रनको लक्ष्यनजिक पुगे पनि जापान विजयी हुन सकेन ।
अन्तिम ओभरमा ८ रन चाहिँदा जापानले ५ रन मात्रै बनायो । जसले ऐतिहासिक जितबाट जापान आफ्नै देशमा २ रनले चुक्यो । ५ ओभरमा जापानले ३ विकेट गुमाउँदा ३० रनमात्रै बनाउन सक्यो ।
