सर्लाही, ०६ असोज । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ट्राफिक प्रहरीको शरीरमा क्यामरा जडान गर्न माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा फैसला गर्नेभन्दा तथ्यपरक कामकारबाहीका लागि क्यामरा जडान गर्न आवश्यक रहेको बताइन् ।

‘प्रत्येक ट्राफिक प्रहरीले अनिवार्य रूपमा आफ्नो शरीरमा क्यामरा जडान गर्नुपर्‍यो, ताकि लाइसेन्स र बिलबुक नियन्त्रण गरी सडकमा फैसला गर्नुभन्दा पनि फोटो, भिडियो रेकर्डको आधारमा तथ्यपरक कामकारबाही अगाडि बढाउन सकियोस्,’ उनले भनिन् ।

ट्राफिक प्रहरीले गरेको कामकारबाही चित्त बुझेन भने ३५ दिनभित्र यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी दिन सकिने व्यवस्थालाई परिमार्जन गरेर समयसापेक्ष बनाउन पनि उनको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *