सर्लाहीमा १३२ केभी विद्युत् टावरको टुप्पोमा चढिन् १७ वर्षीया किशोरी

Byसदाम हुसैन

२०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार

सर्लाही, २९ असोज । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको ४५ नम्बर टावरमा एक युवती चढेपछि जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार ती युवती बिहीबार साँझ करिब साढे ४ बजे टावरमा चढेकी हुन् । उनी कविलासी नगरपालिका–७ सिरसियाकी १७ वर्षीया युवती रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार युवतीले टावर चढ्नुअघि चप्पल तलै खोलेकी थिइन् । उनले आफ्ना कपडा टावरमा झुन्ड्याएर नाङ्गै टावरको माथिल्लो भागमा बसेकी छन् ।

स्थानीयका अनुसार युवतीको मानसिक अवस्था ठीक नरहेको बताइएको छ ।

टावरमा युवती चढेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् सेवा अवरुद्ध गरिएको बताइएको छ । उनलाई सुरक्षित रूपमा उद्धार गर्न नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले युवतीको उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको र उद्धारको प्रयास जारी रहेको जानकारी दिए ।

विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रका उपभोक्ता समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *