सर्लाही, १२ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४२२.५ ग्राम सुनको अर्धठोसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको मुम्बईबाट इन्डिगो एयरबाट काठमाडौं ओर्लिएका दिल्लीस्थित हवेली आजम खान जामा मस्जिद ठेगाना भएका भारतीय नागरिक अस्लम शौकत लाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

एसपी राजकुमार सिलवालका अनुसार उनी हिजो दिउँसो करिब २:५२ बजे शंकास्पद गतिविधिको आधारमा जाँच गर्दा शौकत पक्राउ परेका हुन् ।

उनले अन्डरवेयरभित्र प्लास्टिकमा र्‍यापिङ गरी गोलाकाररूपमा अर्धठोस सुन २ थान ल्याएका थिए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *