मधेशमा सडक निर्माणका लागि चार ठेक्का आह्वान

Byसदाम हुसैन

२०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार

सर्लाही, १२ असाेज । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, जनकपुरधामले मधेश प्रदेशका विभिन्न जिल्लामा सडक निर्माण, स्तरोन्नति तथा मर्मतसम्भारका लागि चारवटा ठेक्का आह्वान गरेको छ ।

कार्यालयले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) अन्तर्गत दुई खामे प्रक्रियाबाट सडक आयोजनाका लागि बोलपत्र माग गरेको हो ।

असोज ८ गते प्रकाशित सूचना अनुसार पर्सा, बारा, धनुषा–महोत्तरी र सर्लाहीमा सडकसम्बन्धी कामका लागि बोलपत्र आह्वान गरिएको छ ।

पहिलो ठेक्काअन्तर्गत पर्साका दुई सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिने भएको छ । बहुअर्वा भाठा (हुलाकी राजमार्ग)– पोखरिया–सतबरिया–बिरन्ची बरवा–कालिकामाई गाउँपालिका भवनसम्मको सडक र बोखवा चोकदेखि जगन्नाथपुर गाउँपालिका भवनसम्मको सडक यसमा समेटिएका छन् ।

यस आयोजनामा मुख्य कार्यका रूपमा २६२ घनमिटर अस्फाल्ट निर्माण गर्ने कार्य तोकिएको छ । यस ठेक्काका लागि बोलपत्र जमानत ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

विगत १० वर्षमध्ये तीन वर्षको उत्कृष्ट वार्षिक निर्माण कारोबार (एएसीटी) कम्तीमा ३ करोड ८९ लाख रुपैयाँ र सोही अवधिमा कम्तीमा १ करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको समान प्रकृति तथा आकारको काम गरेको अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ ।

पर्साकै दोस्रो ठेक्कामा सिर्सिया (कथरिया–कलैया सडक)–लौटन हुँदै करैयामाई गाउँपालिका भवनसम्मको सडक, बारा निर्माण तथा स्तरोन्नति गर्न बोलपत्र माग गरिएको छ ।

यसका लागि पनि ६ लाख ५० हजार रुपैयाँ बोलपत्र जमानत तोकिएको छ । यस ठेक्काका लागि तीन वर्षको उत्कृष्ट वार्षिक कारोबार ३ करोड ८९ लाख रुपैयाँ र विगत १० वर्षभित्र कम्तीमा १ करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको समान प्रकृतिको काम गरेको अनुभव आवश्यक छ ।

आयोजनामा १२६ घनमिटर अस्फाल्ट तथा एम–२० वा सोभन्दा माथिको ४७१ घनमिटर कंक्रिट प्रयोग हुने मुख्य कार्य तोकिएको छ । तेस्रो ठेक्का अन्तर्गत धनुषा र महोत्तरीका विभिन्न सडक खण्डलाई एउटै प्याकेजमा समेटिएको छ ।

धनुषाको विदेह नगरपालिका–९ स्थित खरियानी टोलदेखि ठूलो बेदीसम्मको सडक, बटेश्वर–३ स्थित देवी आधारभूत विद्यालयदेखि ढिभरथान–पानीघाट–सुक्चाजोर टोल–मुसहरी टोलसम्मको सडक, जनकपुरधाम क्षेत्रको जंघा नदी गोठी बनौली (रामगोपलपुर) सडक हुँदै महोत्तरीको सोनमा गाउँपािलका जोडने सडकसम्म, सोनमा गाउँपालिकाकै वडा नम्बर एक १ गोबरहिया–मरहा नदी–खखना– हुलाकी राजमार्ग सडक लगायतका खण्ड समावेश छन् ।

यस ठेक्काको बोलपत्र जमानत १० लाख ७० हजार रुपैयाँ तोकिएको छ । तीन वर्षको उत्कृष्ट वार्षिक कारोबार कम्तीमा ६ करोड ४१ लाख रुपैयाँ र पछिल्लो १० वर्षमा १ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको समान प्रकृतिको काम गरेको अनुभव मागिएको छ । यस प्याकेजमा मुख्यरूपमा एम–२० वा सोभन्दा माथिको १ हजार ६४५ घनमिटर कंक्रिट प्रयोग गर्ने कार्य समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *