नेकपाका नेता यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा

Byसदाम हुसैन

२०८३ आश्विन १४, बुधवार २०८३ आश्विन १४, बुधवार २०८३ आश्विन १४, बुधवार

सर्लाही, १४ असोज । नेकपाका नेता अशोककुमार यादव ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत, मलंगवामा उपस्थित भएका यादवलाई न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले कुटपिट तथा अंगभंगसम्बन्धी दुईवटा मुद्दामा ३ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

यादवलाई गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ गरी अनुसन्धानका लागि सर्लाही ल्याइएको थियो ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर, चोरी, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसुर, आपराधिक प्रवेश र आपराधिक उपद्रवलगायत ११ वटा विभिन्न कसुरमा अनुसन्धान भइरहेको थियो ।

अदालतको आदेशपछि यादवले तोकिएको धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *