काठमाडौं, १५ असोज । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाइले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आतिथ्य गरेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई)को आलोचना गरेका छन् ।

रेजाइले अरबी भाषामा सामाजिक सञ्जाल एक्समा यूएईको नाम नलिई लेखेका छन्, ‘अमेरिकी सैन्य अड्डाहरूलाई आतिथ्य दिँदा जसरी तपाईंले सुरक्षा पाउनुभएन, त्यसैगरी ‘गाजाका कसाई’लाई आतिथ्य दिँदा पनि राम्रो परिणाम आउने छैन ।’

उनले आफ्नो पोस्टमा हालैको युद्धबाट पाठ सिक्न, युद्धलाई थप बढाउन बन्द गर्न र इरानी द्वीपहरूलाई लिएर आधारहीन दाबी गर्न बन्द गर्न पनि आग्रह गरेका छन् ।

यूएईले हालै संयुक्त राष्ट्रसंघमा पुनः इरानको आलोचना गर्दै तीनवटा द्वीपमा इरानको कथित कब्जाको मुद्दा उठाएको थियो । ती द्वीपलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

पछिल्ला महिनामा दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । विशेषगरी इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणपछि यो तनाव थप चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *