रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै

Byसदाम हुसैन

२०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार

सर्लाही, २७ असाेज । रास्वपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए । ‘पार्टीको धारणा आइसकेको छ ।

अनुशासन आयोग चाहिँ स्वतन्त्र हो । त्यसैले हामीले सबै प्रमाणहरु संकलन गरिरहेका छौं’ रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले भने,’सांसदसँग पनि हामी कुरा गर्न खोजिरहेका छौं । अनि जो महिलाको नाम जोडिएको छ उहाँसँग पनि भेट्ने कोसिसमा छौं ।’

उनले अडियोमा आएका कुरा गम्भीर प्रकृत्तिको रहेको बताए । त्यसैले विषयको गाम्भीर्यतालाई हेरेर छिटो निष्कर्षमा पुग्ने भट्टराईले बताए ।

‘हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि निष्कर्ष दिन्छौं’ भट्टराईले भने ।

आरोप लागेका व्यक्तिलाई आफ्ना धारणा राख्नु दिनुपर्ने भएकाले सांसद सुनारलाई पनि भेटेर कुरा गर्ने उनले बताए । सुनार भने अहिले काठमाडौं बाहिर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *