अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

Byसदाम हुसैन

२०८३ कार्तिक ५, बिहीवार २०८३ कार्तिक ५, बिहीवार २०८३ कार्तिक ५, बिहीवार

सर्लाही, ०५ कार्तिक । अर्को सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत देखिएको मौसमविदले बताएका छन् । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले वर्षाको सम्भावना देखिएको हो ।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साता वर्षा हुन सक्ने सम्भावना देखाएका छन् ।

चारवटा मौसम पूर्वानुमान मोडेलको औसत पूर्वानुमान चित्र फेसबुकमा सार्वजनिक गर्दै उनले केही स्थानमा भारी वर्षासमेत हुन सक्ने संकेत देखिएको बताएका छन् ।

उनका अनुसार विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेका छन् । त्यसैले अहिले नै कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन छ ।

आगामी दिनमा मौसम पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले पछिल्ला अपडेटलाई ध्यान दिनुपर्ने उनले बताएका छन् ।

धान काटिहाल्न सुझाव

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उनले धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको पूर्वानुमान हेरेर योजना बनाउन सुझाव दिएका छन् ।

अर्को साताको मंगलबारदेखि धान काट्ने योजना बनाएका किसानले सम्भव भए त्यसअघि नै धान काटेर सुरक्षित रूपमा भित्राउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *