चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित

Byसदाम हुसैन

२०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार

सर्लाही, ०९ कार्तिक । चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन् । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

आज नियुक्तिपत्र दिने तयारी रहेको समेत उच्च स्रोतले जनाएको हो । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि ३ जनाको सर्टलिस्ट पठाएको थियो ।

तीन सदस्यीय छनोट समितिले मनिष पण्डित्सहित नरेश पौडेल र निशा आधिकारीको नाम छनोट गरेर मन्त्रिपरिषद्‌मा पठाएको मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले जानकारी दिएका थिए । 

सोहीतीनजनाबाट पण्डितलाई नियुक्त गरिएको हो । पण्डितले यसअघि चलचित्र विकास बोर्डमा आबद्ध भइसकेका छन् । उनले सिनेमा हलहरुमा बक्स अफिस प्रणाली र इ-टिकेटिङ लागु हुँदा विज्ञ/सल्लाहकारको रुपमा काम गरेका थिए । 

गत भदौ १३ गते निवर्तमान अध्यक्ष दिनेश डीसीको दुई वर्षे कार्यकाल सकिएको थियो। त्यसपछि मन्त्रालयले असोज १ गते बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *