एनपीएलका खेलको अनधिकृत प्रसारण गर्नेहरूलाई कारबाहीको चेतावनी

Byसदाम हुसैन

२०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार

सर्लाही, १० कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अनधिकृत सार्वजनिक प्रदर्शन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सूचित गरेको छ ।

क्यानले सबै फ्रेन्चाइज टोली, खेलस्थल, कार्यक्रम आयोजक, प्रायोजक, साझेदार तथा सरोकारवालालाई नेपालभित्र एनपीएलको विशेष प्रसारण अधिकार हिमालय स्पोर्टस र नेटटीभीसँग मात्रै रहेको जनाउँदै अनधिकृत सार्वजनिक प्रदर्शन तथा प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई सूचित गराएको हो ।

क्यानका अनुसार सार्वजनिक रूपमा खेल देखाउने कार्यक्रम, फ्यान पार्क तथा प्रचारात्मक अवलोकन कार्यक्रमहरूमा हिमालय स्पोर्टसको आधिकारिक प्रसारण फिड वा नेटटीभीको आधिकारिक स्ट्रिमिङ सेवा मात्र प्रयोग गर्नुपर्नेछ  ।

अनधिकृत प्रसारण स्रोत प्रयोग गर्न वा त्यसलाई पुन: प्रसारण गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ । अनुमतिबिना खेलको सार्वजनिक प्रदर्शन गर्दा नेपालमा लागू कानुन तथा प्रसारण अधिकारसम्बन्धी सम्झौताको उल्लंघन हुन सक्ने क्यानले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *