‘अर्नब’ चक्रवातको जोखिम बढेपछि सर्लाही प्रशासन सतर्क रहन आग्रह

Byसदाम हुसैन

२०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार

सर्लाही, १२ कार्तिक । भारतकाे बंगालको खाडीमा विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव सर्लाहीमा पनि बुधबार रातीदेखि नै देखिन थालेको छ । 

बुधबार बिहानसम्म चर्को घाम लागेर सफा रहेको सर्लाहीको मौसम रातीदेखि भने एकाएक वर्षा गराउने बादल लागेर बदली भएको हो । मौसम धाम्मधुम्म हुन थालेपछि धमाधम धान भित्र्याइरहेका किसान चिन्तित बनेका छन् । 

सदरमुकाम मलंगवालगायत जिल्लाकाे अधिकांश किसानले धान काटेर खेतमा पाँजा फिँजाएका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सूचना जारी गरेपछि केही किसानले भने हतारहतार धान तथा पाकेको अन्य कोशे बाली भित्र्याइसकेका छन् । 

बुधबार रातीदेखि मौसम प्रतिकूल बन्ने सङ्केत देखिएपछि किसानले काटेको धानको व्यवस्थापन गरेका छन् । मौसमको सूचना पाएपछि आफूहरुको क्षेत्रमा धेरैजसो किसानले पाकिसकेको धान तत्काल नभित्र्याउने निर्णयमा पुगेका मलंगवा नगरपालिका-१०, महेन्द्र यादवले जानकारी दिनुभयो । चाँडो पाक्ने धान लगाइएको फाँटमा पहेँलपुर भएर धान पाकेको छ । 

मलंगवा नगरपालिका-१० का वडाध्यक्ष मुकेश कुमार झाले पानी पर्ने जानकारी पाएपछि केही किसानले तत्कालै धान भित्र्याइसकेका र कतिपयले मौसम पूर्वानुमान महाशाखाको अर्को सूचना आएपछि मात्र धान भित्र्याउने तयारीमा रहेका जानकारी दिनुभयो । 

‘अर्नब’ चक्रवातको प्रभावले सर्लाहीमा समेत भारी वर्षाको सम्भावना देखिएपछि पालिका, प्रशासनलगायतका निकायले सतर्कता अपनाउन, तत्काल धान बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न सूचना जारी गरेका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले चक्रवातका कारण कुनै विपत्ति आइहाले सबै निकायले समन्वय गरेर काम गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *