कोप–३१ मा सशक्त रूपमा प्रस्तुत हुनेबारे सभामुख र मन्त्री चौधरीबीच छलफल

Byसदाम हुसैन

२०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार २०८३ कार्तिक १२, बिहीवार

सर्लाही, १२ कार्तिक । सभामुख डीपी अर्याल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन -कोप–३१) मा नेपालको प्रभावकारी सहभागिता, जलवायु वित्त परिचालन तथा नेपालको जलवायु एजेन्डालाई सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको भएको हो ।

छलफल टर्कीको अन्तल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने कोप–३१ को तयारी, संसदीय सहभागिता व्यवस्थापन र नेपालको जलवायु प्राथमिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने विषयमा छलफल केन्द्रित रहेको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा भोटेकोशी बाढीबाट भएको क्षतिका लागि हानि तथा नोक्सानी कोषबाट २० मिलियन अमेरिकी डलर सहयोग प्राप्त हुने तथा अनुकूलन कोषबाट नेपालका तीन परियोजनाका लागि ४५ मिलियन अमेरिकी डलर स्वीकृत भएको विषय पनि उठाइएको थियो ।

यसैगरी, अन्तर संसदीय सङ्घको १५३औँ महासभामा जलवायुजन्य विपद्सम्बन्धी आकस्मिक प्रस्ताव दुई तिहाइ बहुमतले पारित गराउन सभामुख अर्यालले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको मन्त्री चौधरीले प्रशंसा गरिन् ।

कोप–३१मा संसदीय सहभागितालाई थप व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन सांसदहरूको सहभागितासम्बन्धी स्पष्ट मापदण्ड निर्धारण गर्ने विषयमा समेत छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *