सर्लाही, १२ कार्तिक । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार गर्न लागेको हो ।
सभापति गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज कात्तिक १२ गते दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।
निर्वाचन समितिले गत सोमबार नै सूचना प्रकाशित गरेर १५ औं महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थित हुन भनेको थियो ।
१८–२३ असोजमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।
आजै बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी सदस्य मनोनीत गर्ने तयारी छ ।
