सर्लाही, १३ कार्तिक । सोलुखुम्बुको दिङबोचेस्थित एक होटेलमा आगलागी भएको छ । शुक्रबार बिहान गुड लक होटेलमा आगलागी भएको हो ।
आगलागीपछि स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान थापामगरले जानकारी दिए ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण भने प्राप्त हुन बाँकी छ ।
