सर्लाही, १६ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालत, सरकार र राज्यका विभिन्न निकायसँग जोडिएर सार्वजनिक भएको बिचौलिया प्रकरणको गहिराइमा पुगेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठिसकेपछि त्यसको गम्भीर अनुसन्धान हुनुपर्ने बताए ।
उनले भनेन, ‘अदालत, सरकार र समग्र राज्य संरचनालाई बिचौलियामुक्त बनाउन आवश्यक छ। सरकार आफैँसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ ।
हामीले चाहेको यसको निष्पक्ष छानबिन हो। दूधको दूध, पानीको पानी छुटाइनुपर्छ। अब त्यसको निष्पक्षतामाथि पनि हाम्रो प्रश्न उठेको स्थिति छ ।’
बिचौलिया प्रकरणमा सरकार, अदालत, प्रहरी प्रशासन तथा अन्य महत्त्वपूर्ण पक्षको नाम जोडिएर आएका विषयलाई सामान्य रूपमा लिन नमिल्ने बताए। सबै पक्षको संलग्नता र भूमिकाबारे निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्ने बताए ।
बिचौलिया प्रकरण, पत्रकारमाथिको हस्तक्षेप, प्रहरी प्रशासनको भूमिका तथा न्यायालयसँग जोडिएका विवादित विषयको निष्पक्ष छानबिनका लागि संसद्को बैठक तत्काल बोलाउनुपर्ने बताए ।
पछिल्लो समय पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति पनि गम्भीर आपत्ति जना ए।
दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप बलियो हुने अपेक्षा गरिए पनि त्यसको विपरीत पत्रकारलाई नियन्त्रण गर्ने, तर्साउने र समाचार लेखेकै आधारमा दबाब दिने काम भएको आरोप लगाए ।
