अमेरिकी जनताले स्पष्ट सन्देश दिए- ओबामा

Byसदाम हुसैन

२०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार

काठमाडौं, १८ कार्तिक । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले हासिल गरेको ठूलो सफलताले अमेरिकी जनता परिवर्तनको पक्षमा रहेको स्पष्ट पारेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै ओबामाले अमेरिकी जनताले विभाजनभन्दा एकता र आफूले सामना गरिरहेका चुनौतीको ठोस समाधान दिने नेतृत्व चाहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘आज राति अमेरिकी जनताले स्पष्ट सन्देश दिएका छन्– उनीहरू विभाजन होइन, मानिसहरूलाई एकताबद्ध गर्ने राजनीति र आफूले सामना गरिरहेका चुनौतीको ठोस समाधान प्रस्तुत गर्ने नेतृत्व चाहन्छन् ।’

ओबामाले मिसिगन र जर्जियाजस्ता प्रतिस्पर्धात्मक राज्यमा डेमोक्रेटिक पार्टीका विभिन्न उम्मेदवारको पक्षमा चुनावी प्रचारसमेत गरेका थिए ।

उनले अब आफ्नो पार्टीको जिम्मेवारी थप सक्रिय भएर काम गर्ने, जहाँ सम्भव छ त्यहाँ परिवर्तन ल्याउने, थप क्षति हुन नदिने र भविष्यका लागि आधार तयार गर्ने रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *