सर्लाही, १८ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार मधेश प्रदेश सरकारका विषयमा छलफल भएको छ ।
मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । सोही सरकारसँग सम्बन्धित विषयमा दुई नेताबीच छलफल भएको जानकारी गराइएको छ ।
