सर्लाही, १९ कार्तिक । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा बिहीबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग. प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले मनोहरातर्फ जाँदै गरेको बा. प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो । दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ ।
