सवारी दुर्घटनामा १४ जनाको मृ*त्यु, १४७ घाइते

Byसदाम हुसैन

२०८३ कार्तिक १९, बिहीवार २०८३ कार्तिक १९, बिहीवार २०८३ कार्तिक १९, बिहीवार

सर्लाही, १९ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् । प्रहरीको विवरण अनुसार २४ घण्टामा सातै प्रदेशमा सवारी दुर्घटना भएका छन् । 

सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेश र मधेश प्रदेशमा भएको प्रहरीको विवरणमा उल्लेख छ । विवरणअनुसार कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  सुदूरपश्चिम प्रदेशमा चार जनाको मृत्यु र २५ जना घाइते भएका छन् । 

त्यस्तै, लुम्बिनी प्रदेशमा तीन जनाको मृत्यु र २६ जना घाइते भएका छन् । बागमती प्रदेशमा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । 

मधेश प्रदेशमा एक जनाको मृत्यु र ४६ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या शून्य रहे पनि दुई जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या शून्य रहेको छ भने १० जना घाइते भएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *