भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

Byसदाम हुसैन

२०८३ कार्तिक २३, सोमवार २०८३ कार्तिक २३, सोमवार २०८३ कार्तिक २३, सोमवार

काठमाडौं, २३ कार्तिक । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो ।

त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि कारमा आगलागी भएको थियो । आगलागीमा परी घाइते भएकाहरूलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भई उपचारका क्रममा मृत्युका सबै हरियाणाको हिसार निवासी रहेका समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *