अभिजीत दीपकेको अनशनको दोस्रो दिन

Byसदाम हुसैन

२०८३ श्रावण ३, आइतवार २०८३ श्रावण ३, आइतवार २०८३ श्रावण ३, आइतवार

कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको आमरण अनशन आइतबार दोस्रो दिन पनि जारी छ । यस क्रममा उनले अब आफूलाई भोक हड्ताल गर्नु कति कठिन हुन्छ भन्ने महसुस भएको बताएका छन् । साथै, अनशनमा बसेका अन्य व्यक्तिप्रति सम्मान व्यक्त गरेका छन् ।

दीपकेले भने, ‘मेरो भोक हड्ताल आज दोस्रो दिनमा पुगेको छ । अब मलाई थाहा भयो यो कति कठिन रहेछ । म सोनम सर र यहाँ भोक हड्ताल गरिरहेका विद्यार्थीहरूलाई सलाम गर्छु । म भोलि हुने मार्चका लागि आफ्नो ऊर्जा जोगाइरहेको छु ।’

यसअघि सोनम वाङचुक दिल्लीस्थित जन्तर–मन्तरमा अनशनमा बसेका थिए । तर, शनिबार बिहान प्रहरीले उनलाई उठाएर अस्पताल लगेको थियो । त्यसपछि अभिजित आफ्ना माग पूरा गराउन अनिश्चितकालीन भोक हड्तालमा बसेका हुन् ।

यसैबीच, कक्रोच जनता पार्टीले सोमबार संसद भवनतर्फ मार्च गर्ने कार्यक्रम तय गरेको छ । सर्वसाधारणलाई ठूलो संख्यामा सहभागी हुन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *