सर्लाही, १६ भदाै । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् । उनलाई मंगलबार बिहान सवा ७ बजेको समयमा राप्ती खोलाले बगाएको थियो ।
खोलाले मान्छे बगाएको सूचना पाउनसाथ नेवारपानीबाट प्रहरी टोली खोजतलासको लागि खटेको थियो ।
खोजतलासको क्रममा बस्तीपुरको पुलभन्दा ५०० मिटर तल राप्तिखोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
