सर्लाही, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार हुने मतदानमा मोबाइल फोन लैजान निषेध गरिएको छ ।
निर्वाचन समितिका अनुसार, मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन ।
प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् ।
