सर्वोच्चको पूर्ण बैठक जारी

Byसदाम हुसैन

२०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार

सर्लाही, १६ कार्तिक । सोमबार बिहानबाट सुरु भएको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अहिलेसम्म चलिरहेको छ । पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, कम्तिमा पनि खाजा खाने समयसम्म फूलकोर्ट लम्बिने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।

प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा र न्यायाधीश हरि फूयालको ह्वाट्सएप म्यासेज र अरु विवरण सार्वजनिक भएपछि सर्वोच्चको फूलकोर्टमा प्रश्न उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश डा. शर्माले समयसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट डाकेका थिए ।

दुई थरी म्यासेज सार्वजनिक भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाभियोगको प्रस्तावका बारेमा छलफल गरेको थियो । रास्वपाले त्यसबारे निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *