गएराति मधेश प्रदेशसहितका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा

Byसदाम हुसैन

२०८२ श्रावण २३, शुक्रवार २०८२ श्रावण २३, शुक्रवार २०८२ श्रावण २३, शुक्रवार

सर्लाही, २३ साउन। गएराति देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । मधेश प्रदेशसहित तराई र पहाडका विभिन्न ठाउँमा पानी परेको हो । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोक, उदयपुर, गोरखा र बर्दियामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बेलुकी झापामा पनि ठूलो पानी परेको छ । बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलाे वर्षा मापन भएकोले यी क्षेत्र भई बहने ससाना खोलाहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशुली बेत्रावती र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएकाले यी क्षेत्र भई बहने ताडी खोला लगायत अरु स-साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *