सर्लाही,चैत्र १९ । नेकपा एमालेले राष्ट्रियसभा दलको नेतामा प्रेम दंगाललाई चयन गरेको छ । राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलका अनुसार संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभाको नेता दंगाललाई प्रतिनिधि तोकेका हुन् ।बुधवार संसदीय दलको नेतामा थापा चयन भएलगत्तै थापाले राष्ट्रियसभा दलको नेता दंगाललाई तोकेका हुन् । संसदीय दल नेताले राष्ट्रियसभामा प्रतिनिधि तोक्ने चलन हुन्छ राष्ट्रियसभामा एमालेका १० जना सांसद छन् ।
