सर्लाही, ११ बैशाख । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन कमजोर भए बढुवा रोक्का गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेकाे निजामती सेवा विधेयकको मस्यौदामा सो व्यवस्था गरिएको छ ।

मन्त्रालयले विधेयकको मस्यौदामा सात दिने संसोधन मागेको छ । ‘निजामती कर्मचारीको कार्यसम्पादन कमजोर भएमा वा व्यक्तिगत बेरुजु भएमा पनि नकारात्मक सूचीमा राखिने र बढुवा वा मनोनयन रोक्का हुने,’ मस्यौदामा नयाँ प्रस्तावकाे रूपमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *