सर्लाही, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा महामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले सुकुमवासी हटाउँदा पूर्वतयारी नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए ।

‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्,’  उनले भने ।

महामन्त्री पौडेलले सुकुमवासीलाई हटाउनु हुँदैन भन्ने कांग्रेसको धारणा नभएको र सबै सुकुमवासी थिए भन्नेमा पनि आफ्नो पार्टीको धारणा नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *