सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन् ।

बुधबार सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न आग्रह गरे । सभापति थापाले भने, ‘ प्रधानमन्त्रीजी जनकपुरमा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाण्डु जानु पर्दैन भन्नुभएको थियो ।

म उहाँलाई काठमाडौं जानु नपर्ने धेरै परको कुरा हो । तर वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ ।

कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस् ।’ पेट्रोलियम पद्धार्थको महँगी बढाएर जनताको भान्सामा बिजोक भएको बताए । सभापति थापाले थप्दै भने, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो ।

कांग्रेस सरकार हुँदा पनि । तर, यी विषय यो भन्दा अगाडि पनि गलतलाई गलत भन्दै आएको हो । म सम्झन्छु, अहिले पनि म भन्छु, त्यो गलत छ ।’

सिमानामा गएर १०० रुपैयाँको सामान ल्याउँदा गृहिणी महिलाको झोला कोतल्नु उपयुक्त नभएको सभापति थापाको भनाइ छ ।

प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो क्षेत्रमा पुगेका थापाले पार्टी वा व्यक्ति हेरेर कानून लाग्ने वा नलाग्ने कुरा पार्टीलाई सैह्य नहुने बताए ।

थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *