सर्लाही, ३१ बैशाख । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ ।

उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले बिहीबार (वैशाख ३१) बिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार, बसको ठक्करबाट पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *