सर्लाही, ३२ असार । थमन विक हत्या प्रकरणमा दुई साताअघि पक्राउ परेका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाद्वारा जारी पत्र अनुसार कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नु नपर्ने भए आजै (बिहीबार) थुनामुक्त गर्न कारागार कार्यालय महोत्तरी, जलेश्वरलाई निर्देशन दिइएको छ ।

उच्च अदालत जनकपुरले बुधबार ५ वर्ष कैद सजाय सुनाएपछि प्रहरीले उनलाई असार १८ मा महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको हो ।

यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा कोइरीलाई सफाइ दिएको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *