सर्लाही, ४ साउन । चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन् । जसमा २० जना त सचिवमात्रै छन् ।
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन् ।
जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ सय २० जना शाखा अधिकृतको अवकाश हुँदैछ । सहायक स्तरका ७ सय ७३ जना र श्रेणीविहीनतर्फ ५ सय ७९ जना अनिवार्य अवकाशमा जान लागेका हुन् ।
हाल संघ, प्रदेश तथा स्थानीय तहमा ९२ हजार ५ सय २० कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए ।
