सर्लाही, १४ साउन । दक्षिण कोरियाको ईपीएस आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ।
आजदेखि साउन २२ गतेसम्म पहिलो सिफ्ट बिहान ७ देखि २ बजे र दोस्रो सिफ्ट दिउँसो २ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
सेवाग्राहीको सहजताका लागि शनिबार र सार्वजनिक बिदाका दिनसमेत बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइने भएको छ ।

