यूनाइटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा

Byसदाम हुसैन

२०८३ श्रावण १९, मंगलवार २०८३ श्रावण १९, मंगलवार २०८३ श्रावण १९, मंगलवार

सर्लाही, १९ साउन । यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले सीईओ भट्टराईले राजीनामा दिएको पुष्टि गरे ।

उनको राजीनामा सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । २०८३ वैशाख  १० गते सीईओमा नियुक्त भएका भट्टराई छोटो समयमै राजीनामा दिएर कम्पनीबाट बाहिरिएका हुन् ।

कम्पनी सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *