सर्लाही, १३ भदाै । नेपालमा विनाकारी बाढी ल्याउने चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो एक पर्यटकले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

उक्त दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद भएको उनले बताएका छन् । चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एण्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले उक्त भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान ‘रिमोट–सेन्सिङ’ उपग्रह चित्रहरूसँग मेल खाएको पुष्टि गरेका छन् ।

विज्ञहरूकाअनुसार सोही हिमनदी पहिरोका कारण केरुङ नाकामा लेदोसहितको ठूलो बाढी (मुडस्लाइड) आएको हो । पर्यटकले खिचेको उक्त भिडियोमा देखिएको हिमनदीको क्षय नै केरुङ बन्दरगाहमा आएको बाढीको मुख्य कारण भएको अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *