सर्लाही, १४ भदाै । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरिएको नेकपाले जनाएको छ ।
पार्टीले नगद सहयोगका साथै प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले नगद तथा राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो ।
संकटको समयमा नागरिकको जीवनरक्षा र राहत वितरणलाई प्रभावकारी बनाउन सबै पक्षको हातेमालो आवश्यक रहेको नेकपाले जनाएको छ ।
