सांकेतिक फोटो ।

सर्लाही, १४ भदाै । सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २० जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध दुर्व्यसनीको पहिचान तथा खोजी गर्ने क्रममा शुक्रबार प्रहरी चौकी गौरीकाालिकाबाट ११ जना पुरुष र एक जना महिलासहित १२ जना तथा प्रहरी चौकी त्रिभुवननगरबाट आठ जना पुरुष गरी जम्मा २० जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा फरार रहेका दुई जना लागुऔषध दुर्व्यसनीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

जिल्लामा लागुऔषधको प्रयोग तथा दुर्व्यसन नियन्त्रणका लागि खोजी, पहिचान र नियन्त्रण अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी तथा खोजी अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *