सर्लाही, १४ भदाै । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रस्ट पारेको छ ।

मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ ।

यसैगरी, मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *