सर्लाही इँटा उद्योग व्यवसायी संघको १६औँ साधारणसभा सम्पन्न

Byसदाम हुसैन

२०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार

सर्लाही, २५ भदाै । सर्लाही इँटा उद्योग व्यवसायी संघको १६औँ साधारणसभा बुधबार सम्पन्न भएको छ । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वाणिज्य मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा इँटा उद्योग क्षेत्रका वर्तमान समस्या, चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल गरिएको छ ।

इँटा उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष जगरनाथ राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाको इँटा उद्योगलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै उद्योगी व्यवसायीको हकहित संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । साथै, उद्योग क्षेत्रमार्फत रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा योगदान बढाउन आवश्यक रहेको उनीहरूले बताएका छन् ।

साधारणसभाले इँटा उद्योगको विकास, व्यवसायीका समस्या समाधान, प्रविधिमैत्री उत्पादन तथा वातावरणमैत्री उद्योग सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा सर्लाही क्षेत्र नं. २ का संघीय सांसद रविन महतो, मधेश प्रदेशका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय, जिल्लाका इँटा उद्योग व्यवसायी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *