सर्लाहीमा भर्‍याङबाट लडेर ३ वर्षीया बालिका गम्भीर घाइते

Byसदाम हुसैन

२०८३ आश्विन ६, मंगलवार २०८३ आश्विन ६, मंगलवार २०८३ आश्विन ६, मंगलवार

सर्लाही, ०६ असाेज । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, लामीडाँडामा भर्‍याङबाट लडेर तीन वर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।

स्थानीय लालसिंह गोलेकी छोरी अन्दाजी तीन वर्षीया प्रियान्सु गोले आफ्नै काठको दुईतले घरको भर्‍याङमा खेल्ने क्रममा लडेकी थिइन् । लड्दा उनको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *