सर्लाहीमा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय राउत घाइते

Byसदाम हुसैन

२०८३ आश्विन ६, मंगलवार २०८३ आश्विन ६, मंगलवार २०८३ आश्विन ६, मंगलवार

सर्लाही, ०६ असाेज । सर्लाहीको ईश्वरपुर नगरपालिका–८, मनहर्वास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध घाइते भएका छन् ।

आफ्नै घरअगाडि उभिरहेका स्थानीय ६५ वर्षीय तारानन्द राउत कुर्मीलाई लालबन्दीबाट मनहर्वातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो । दुर्घटनामा राउतको दुवै हात, खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते राउतलाई उपचारका लागि मोडल अस्पताल, लालबन्दी पठाइएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–१ का ३१ वर्षीय अरबिन्द कुमार साहको बायाँ खुट्टाको बूढीऔँलामा समेत चोट लागेको छ ।

उनलाई ईश्वरपुर नगर अस्पतालमा सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *