सर्लाहीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

Byसदाम हुसैन

२०८३ आश्विन ११, आइतवार २०८३ आश्विन ११, आइतवार २०८३ आश्विन ११, आइतवार

सर्लाही, ११ असोज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –५, पडरियामा आइतबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पडरिया गाउँ बस्ने नन्टुन पासवानका छोरा १३ वर्षीय आयुष पासवानको करेन्ट लागेर मृत्युभएको हो ।

आयुषलाई आइतबार दिउँसो साढे २ बजेतिर गाउँकै हिरेन्द्र राउतको खेतमा मोटरबाट पानी लगाउन राखिएको नाङ्गो तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी चौकी पर्साका इन्चार्ज एवं सइ अजयकुमार रामले जानकारी दिनुभयो ।

दिउँसो मौसम उघ्रिएपछि खेतमा डुल्दै जानेक्रममा अयुषलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको गाउँलेले बताएका छन् ।

घटनाबारे प्रहरी चौकी पर्सा र जिल्ला प्रहरी कार्यालय मलङ्गवाको टोलीले अनुसन्धान गरिरहेको छ ।

मृतक बालकको शव पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

सिँचाइको नाङ्गो तार तथा बँदेल, हरिण, निलगाई, बाँदरलगायत जङ्गली जनावरबाट बाली जोगाउन थापिने विद्युतीय धरापमा परेर सर्लाहीमा मानिसको ज्यान गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *